मेस्सी र रोनाल्डाको प्रतिस्पर्धा फुटबल जगतलाई फाईदा—रोनाल्डिन्हो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ८ गते २०७४ मा प्रकाशित


एजेन्सी—विश्व फुटलबल दुई खेलाडीमा घुमिरहेको छ । चर्चा पनि उनीहरुकै मात्रै हुदैं आएको छ । एकले अर्कोलाई पछि पार्ने रणनीतिमा मात्रै हुन्छन् । त्यसैले होला बार्सिलोनाका लिओनेल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो बीच सर्वश्रेष्ठ को भन्ने प्रतिस्पर्धा चलिरहेकै छ ।

दुई बीचको प्रतिस्पर्धा फुटबलको लागि राम्रो भएको बार्सिलोनाका पूर्व खेलाडी एवं ब्राजिलियन प्लेमेकर रोनाल्डिन्होले बताएका छन् । एक दशकदेखि दुईखेलाडी बीच नै प्रतिस्पर्धा हुदैं आएको छ । पछिल्लो एक दशक अवधिमा दुवै बालोन डिओरको हकदार हुदैं आएका छन् । उनीहरुको छायाँबाट अन्य खेलाडी माथि उठ्न सकेका छैनन् । दुवैले क्लब फुटबलको सबैखाले उपाधि जित्दा किर्तिमान समेत बनाईसकेका छन् । रोनाल्डिन्होले दुईको प्रतिस्पर्धाले फुटबल जगतलाई फाईदा पुगेको अभिव्यक्ति दिएका छन् । मेट्रो युएसँग कुरा गर्दै उनले भनेका छन्—दुई खेलाडीको प्रतिस्पर्धाले फुटबलमा निकै राम्रो हो । एकले अर्कोलाई प्रतिस्पर्धी मान्दा जुनसुकै खेलाडीले पनि राम्रो पर्फमेन्स गर्ने तर्फ प्रेरित हुने छन् ।

रोनाल्डोले देशको लागि गत वर्ष युरोप कप जितेका छन् । तर विश्वकप भने उनले जित्न सकेका छैनन् । मेसीले पनि देशको लागि कोपा अमेरिका कपको उपाधि दिलाउनबाट चुकेका छन् । दुई पटक चिलीसँग पराजित हुदैं उपाधि विहीन भएका थिए । २०१४ को विश्वकपमा समेत जर्मनीसँग पराजित हुदैं उपविजेतामा चिक्त बुझाएका थिए । त्यसपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले दबावपछि सन्यास फिर्ता लिदैं रसियामा हुने विश्वकपको लागि खेल्ने छन् । रसिया विश्वकपपछि सन्यास लिने मनस्थिति बनाएका छन् ।