
एजेन्सी—सन २०१९ मा आयोजना हुने क्रिकेट विश्वकपको लागि वेष्ट इण्डिज पानीले भाग्य लेखिदिदाँ स्कटल्याण्ड भने सुपरसिक्समै चिक्त बुझाउने सम्भावना बढेको छ । आज युएई र जिम्बावे बीचको विजेताले अंकको आधारमा उपविजेता बन्दै विश्वकप खेल्ने ढोका खोल्ने छ । वेष्ट इण्डिजले हिजो स्कटल्याण्डलाई पानी परेको खेलमा डकवर्थ लुईस नियमको आधारमा पाँचरन पराजित गर्दै विश्वकप खेल्न योग्य बन्यो । आठ अंकसहित विश्वकपमा पुग्दा अर्को टोली भने आज संघर्ष गरिरहेको छ ।
यद्यपी अफगानिस्तानले जितेको अवस्थामा आयरल्याण्डको खेल पर्खनुपर्ने हुन्छ । अफगानिस्तान र आयरल्याण्ड समान ४—४ अंक छ । जिम्बावेको भने ५ अंक छ । जिम्बावेले जितेको अवस्थामा अन्य खेल केवल प्रतिष्ठाको लागि मात्रै हुने छ । जिम्बावे जितसँगै ७ अंक हुने छ र उपविजेताको रुपमा विश्वकपमा आफनो उपस्थिति जनाउन सक्छ ।
तर बराबरी भएको अवस्थामा आयरल्याण्डको भाग्योदय हुन सक्छ ।
समान अंक रहे रन रेटको आधारमा एक टोलीले माथिल्लो स्तरको क्रिकेट खेल्ने अवसर जुर्ने छ । युएईको सम्भावना छैन् । उसले आज प्रतिष्ठानको लागि मात्रै खेल्ने छ । नेपालले हङकङलाई पराजित गरेपछि अफगानिस्तान सुपरसिक्समा प्रवेश पाएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…