
एजेन्सी—नेपालले हङकङलाई पराजित गरेपछि सुपरसिक्समा भाग्योदय भएको अफगानिस्तान विश्वकप क्रिकेट खेल्ने अन्तिम टोली बनेको छ । सुपरसिक्समा आयरल्याण्डलाई ५ विकेटले पराजित गर्दै अफगानिस्तानले ६ अंकसँगै विश्वकप खेल्ने सौभाग्य पाएको छ । आयरल्याण्डले दिएको लक्ष्यलाई अफगानिस्तानले पाँचबल बाँकी हुदाँ पुरा गर्दै विश्वकप खेल्ने अन्तिम टोलीको रुपमा आफुलाई उभ्यायो । जिम्बावे, आयरल्याण्ड, स्कटल्याण्ड भने अभागी हुन पुगे । जिम्बावे र स्कटल्याण्ड ५ अंकमा रहदै विश्वकप क्रिकेट छनोट प्रतियोगिता टुग्याउँदा आयरल्याण्ड भने ४ अंकमै रहेर चारवर्षको लागि प्रतिक्षामा बस्यो ।
मोहम्मद साहजादले अर्धशतकीय पारी खेल्दै आयरल्याण्डले दिएको लक्ष्य पुरा गर्न महत्वपूर्ण पारीको इनिङ्स खेले । उनले ५० खेल्दै ६ चौका र २ छक्का सहित ५४ रन हिर्काए । गुलबादिन नायबले ४५ रन जोडे । सामुल्लाह सेन्वारीले २७ रन जोड्दै एमसी काथ्र्येको बलमा आउट भए । इनिङ्सलाई अन्त्यसम्म असगार स्तानिक्जाई र नाजिबुल्लाह जादरानले सम्हाले । असगारले अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गर्दै जितको खुशीयाली मनाए । उनले ३९ रन नटआउट खेल्ने क्रममा ४ चौका र १ छक्का हिर्र्काए । नाजिबुल्लाहले पनि १७ रनमा नटआउट रहे । अन्तिम एक रन बाँकी हुदाँ स्ट्राईक आफुले लिदैं बि.जे म्याककाथ्र्येको पहिलो बललाई चौकाको लागि बाउण्ड्री पार गराउँदै विजयी सट हिर्काए । त्यसअघि मोहम्मद नाबीले पनि १२ रनमा खेल्दै सस्तैमा पवेलियनको बाटो समाईसकेका थिए ।
पिआर स्ट्रिलिङको ५५ रनको पारीमा आयरल्याण्डले सात विकेटको क्षतिमा अफगानिस्तानलाई २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कप्तान रसिद खानले के.जे ओ ब्रिनलाई ४१ रनमा आउट गरे । एन जे ओ ब्रिनलाई ३६ रनमा आउट गराउँदा ओपनर पोर्टरफिल्डले २० रनको योगदान दिए । रसिद खान र दौलत जादरनले २ विकेट लिएका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…