
बाग्लुङ(खेलाडी न्युज)—बाग्लुङ नगरपालिकालाई चार विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी ए पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङले पोखराको एकेडेमीलाई जितको लागि १०२ रनको लक्ष्य प्रस्तुत गर्यो ।
अनिल बोगटीले सर्वाधिक रन हान्ने क्रममा २० रन जोडे । भुवन कार्कीले १७ रन, सन्तोष घिमिरेले ११ र अनुप बानियाँले १० रनको योगदान गरे । अन्य खेलाडीको दोहोरो अंकको रन बनाउनबाट चुके । मुखिल यादव र अमन रेग्मीले ३—३ विकेट लिए । अमृत गुरुङले २ विकेट लिए ।
मनोज कोइरालाले ३५ रनको महत्वपूर्ण योगदानमा छ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । मुखिल यादवले पनि २४ रन नटआउट हिर्काउँदै जित दिलाए । उनी खेलको म्यान अफ दि म्याचको पुरस्कारको हकदार समेत बने । अमृत गुरुङले ओपनिङ गर्दै केवल १० रन बनाई पवेलियन फर्किए । सुनिल जिसीले सर्वाधिक ५ विकेट लिए । उनले ४ओभरमा ३१ रन खर्चिएका थिए । अन्तिम क्र्वाटरफाईनल खेल पोखरा क्रिकेट क्लब र बाग्लुङ क्रिकेट क्लब ए बीच हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…