
बाग्लुङ(खेलाडी न्युज)—पोखरा क्रिकेट क्लब पोखरालाई १२६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको बाग्लुङ क्रिकेट क्लबले पुरन सिंह र विक्की घोजीले क्रमश ६६ र ५८ रनको पारी खेल्दै २४३ रन बनाए । सिंहले चार छक्का र आठ चौका हिर्काउँदै ६६ रन जोडे । घोजीले छ चौका र पाँच छक्का हान्दै ५८ रन बनाई चन्द्रको बलमा आउट भए ।
मोद सानले २१, प्रविन कार्कीले २१, किरण सिंहले १७ रनको योगदान दिदैं पोखरा क्रिकेट क्लबलाई २४४ रनको लक्ष्य प्रस्तुत गर्यो । पोखराका समीर सेनले ४ विकेट लिए । गोविन्द प्रधानले २ विकेट लिएका थिए । २४४ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लब भने ११८ रन समेटियो । प्रदीप राउतले २२ रन बनाउँदै पवेलियन फर्किएपछि पोखरा क्रिकेट क्लबको विकेट फटाफट झर्न पुग्यो ।
विधान श्रेष्ठ १४, अनिल गुरुङले पनि १४ रन जोड्दा विजय राउतले भने १८ रन हिर्काउँदै अन्तिम विकेटको रुपमा पवेलियन फर्किए । १९ रन अतिक्ति उपहार बनेपनि जितको लक्ष्य हासिल गर्नबाट भने पोखरा क्रिकेट क्लबले सकेन् । प्रकाश सिंहले ३, किरण सिंहले २ मोहम्मद जुनाबले २ विकेट लिए । खेलमा विक्की घोजी म्यान अफ दि म्याच घोषित भए ।
भोलि आईतबार राईजिङ क्रिकेट एकेडेमी पोखराले नेपाल विद्यार्थी संघ बाग्लुङसँग खेल्ने छ भने दोस्रो सेमिफाईनल खेल बाग्लुङ क्रिकेट क्लब निलोले बुटवल युथ स्पोर्टस क्लबसित प्रतिस्पर्धा गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…