
एजेन्सी—खुट्टाको एंकल सर्जरी गरी आराम गरिरहेका पेरिस सेन्ट जर्मेनका प्लेमेकर नेयमारलाई भित्रायाउने चासोमा इग्लिस क्लब म्यानचेष्टर सिटी पनि अघि देखिएको छ । समर सिजनमा रसियामा हुने विश्वकपमा फर्किने तयारीमा रहेका नेयमारलाई समर सिजनमा सिटी भित्रयाउने अभियानमा व्यवस्थापक पेप ग्वार्डिओलाले सक्रियता देखाएका छन् । यद्यपी रिलिज क्लजको बारेमा भने केही खुलाईएको छैन् ।
नेयमार बार्सिलोना फर्किने सम्भावना पनि छ । रियल मड्रिडले नेयमारलाई भित्रयाउने चाहना राख्दै आएको छ । प्रिमियर लिगको पहिलो उपाधि उचाल्ने योजनामा रहेको ग्वार्डिओलाले नेयमारलाई भित्रयाई टोलीको प्रदर्शन अझ प्रभावकारी बनाउने ध्यानमा छन् । त्यसै अनुसार नेयमारलाई भित्रयाउने मानसिकतामा देखिएका छन् । नेयमारले अघिल्लो साता मात्रै पिएजसीसँग हप्ताको १ मिलियन पाउण्ड पारिश्रमिक माग गरेपछि फुटबल जगतमा नयाँ तरंग समेत पैदा भएको थियो । म्यानचेष्टर युनाईटेड पनि क्लबमा भित्रयाउनको लागि नेयमारसँग हस्ताक्षर गर्न खोजिरहेको ईएसपिएनले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…