
काडमाडौं(खेलाडी न्युज)—खुकुरी इन्टरटेनमेन्ट प्रालिले द बैंकर्स कप ८ ए साईड क्रिकेट प्रतियोगिता गर्ने भएको छ । आउँदो बिहीबारदेखि (मार्च २९)देखि सात ओभरको बैंकर्स कप क्रिकेट प्रतियोगिता गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
बैंक बीच आपसी सदभाव र भाईचारा अभिबृद्धि गर्ने लक्ष्यसहित आयोजित प्रतियोगितामा १० टोलीको मात्रै सहभागिता गराईने आयोजकले जनाएको छ । तीनदिन(३१ मार्च)सम्म चल्ने प्रतियोगितमा किर्तिपुर क्रिकेट मैदानमा हुने प्रतियोगिता राउण्ड रोविनमा खेलाईने पत्रकार सम्मेलनमा बताईयो । विजेताले आगामी वर्ष निशुल्क प्रवेश पाउने छ ।
विजेता बैंकर्सले ट्रफी तथा गिफ्ट ह्याम्पर पाउने छ । उपविजेताले पनि ट्रफी र उपहार पाउने छन । उत्कृष्ठ खेलाडी, उत्कृष्ठ व्याट्सम्यान, उत्कृष्ठ बलर, क्याच अफ दि टुर्नामेन्ट, हाईएष्ट एट्स टुर्नामेन्ट लगायतलाई समेत पुरस्कार प्रदान गरिने आयोजक खुकुरी इन्टरटेनमेन्टले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…