
पोखरा(खेलाडी न्युज)—मेसुका स्पोर्टस टेनिस प्रतियोगिताको उपाधि धरमबहादुर लामिछानेले जितेका छन् । आईतबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा गोपीबहादुर भट्टराईलाई ६—४, ६—३ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । उनी गत महिना भट्टराईसँग पराजित भएका थिए । गत महिनाको हारको बदला लिने क्रममा उनले भट्टराईलाई सोझो सेटमा पन्छाउँदै उपाधि उचाले । उनले नगद ५ हजार पाउँदा उपविजेता भट्टराईले नगद २५ सय रुपैयाँ प्राप्त गरे ।
पोखरामा टेनिस खेलको विकास र विस्तारको लागि मासिक पोखरास्तरीय टेनिस प्रतियोगिता गर्दै आएका छन् । पोखराका दुईदर्जन भन्दा बढी भेट्रान्स खेलाडीहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता खेलाडीद्वयलाई पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख(एआईजी) कमलसिंह बमले नगदसहित ट्रफी प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…