बाग्लुङ निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको फाईनलमा, उपाधिको लागि राईजिङसँग खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ११ गते २०७४ मा प्रकाशित


बाग्लुङ(खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लबलाई ११६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२०प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङ क्रिकेट क्लब निलोले किरण सिंहको ४३ रनको योगदानमा १६३ रनको लक्ष्य प्रस्तुत गर्यो । बाङगेचौर खेल मैदानमा आज भएको दोस्रो सेमिफाईनलमा ओपनर सन्तोष घोजीले २७ रनको पारी खेले । पुरन सिंहले २६ रनको योगदान दिए भने रमेश बस्नेतले १२ रन नटआउट हिर्काए ।

सिकन्दर यादवले तीन विकेट लिने क्रममा तीन ओभरमा ३० रन खर्चिए । अमरजित सिंह र याम क्षत्रीले २—२ विकेट लिए । १६४ रनको लक्ष्य पछ्याएको बुटवल युथ स्पोर्टस क्लब भने ४७ रनमै अलआउट हुन पुग्यो । इन्द्रदेव निसादले १७ रन र सिद्धान्त अधिकारीले १२ रनको योगदान बाहेक अन्य व्याट्सम्यान चल्नै सकेनन् । विक्रम सोबले सर्वाधिक चार विकेट लिए । किरण सिंहले ३ विकेट लिए ।

खेलमा विक्रम सोब म्यानअफ दिम्याच घोषित भएको अम्पाएर दिलिप अग्रहरीले बताए । उपाधिको लागि बाग्लुङ क्रिकेट क्लब निलोले नेपाली क्रिकेट राष्ट्रिय टोलीका सदस्य करण केसीको राईजिङ क्रिकेट एकेडेमी पोखरासित खेल्ने छ । विजेताले १ लाख ११ हजा १११ रुपैयाँ पाउने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ ।