
काठमाडौ (खेलाडी न्युज) – धनगढीमा आउँदो शनिबारदेखि सर्वाधिक पुरस्कार राशीको घरेलु क्रिकेट लिग प्रतियोगिता शुरु हुदैं छ । रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीको भाग्यमा सुनको जुत्ता नै पुरस्कार पाउने छन् । नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं सार्वजनिक गरियो ।
डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज म्यानुफ्याक्चर्सबीच आइतबार प्रायोजन सम्झौता भएको थियो । सम्झौतसँगै जुत्ताको प्रदर्शन समेत गरियो । सुनको जुत्ता सार्वजनिक गरिएपछि किरन शुजकी निर्देशक विदुषी राणाले डिपिएल–२ अझ बढी सशक्त बनेर आएको बताइन् ।
किरण शुजले डीपीएललाई ९ नगद र ७ लाख बराबरको सामान गरि कुल १६ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने छ ।
सुनको जुत्ताको बाहिरी भाग पूरै सुन र भित्री भाग चाँदी रहेको बताइएको छ । गत वर्ष जस्तै डिपिएलको प्लेयर अफ दि सिरिजले मोटरसाइकल पाउने छन् । प्रतियोगिताको विजेताले २५ , दोस्रो हुने टोलीले १०, तेस्रोले ३ र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
लिगमा विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा गरी ६ टोलीको सहभागिता रहनेछ । लिग चरणमा प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग पछिका शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन् । त्यसपछि पहिलो र दोस्रो बीचको प्रतिस्पर्धाको विजेता टोली सोझै फाइनल पुग्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…