
बुटवल(खेलाडी न्युज)—विर्तामोड गोल्डकपमा उपविजेता रमपम झापा ११ बुटवलमा आयोजित मोसफलकै सर्वाधिक राशीको तेस्रो मदन भण्डारी अन्र्तराष्ट्रिय गोल्डकपमा खराब नजितासँगै बाहिरिदाँ विभागीय टोली एपीएफ क्लबले मोफसेली प्रतियोगितामा पहिलो खेल रवाफिलो बनायो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा आजको प्रतिस्पर्धामा नविन लामाले ह्याट्रिक गर्दै एपीएफलाई ४–२ ले नजितामा पराजित गर्दै दोस्रो चरणको यात्रा तय गर्यो । एपिएफले आफ्नो दोस्रो खेल अब चैत १३ गते रुपन्देहीको सुनौलो संगम क्लव संग खेल्नेछ ।
पहिलो हाफको सुरुवातीमै पाँचौ मिनेटमा कर्ण लिम्बुको गोलसंगै झापा–११ को अग्रतालाई १७ औं मिनेटमा एपिएफका रामकुमार कुमालले तोडिदिएका थिए । खेलको सुरुवाती समयमै अग्रता कायम गरेको झापाका खेलाडी हौसिएका कारण सुरुवाती अग्रता तोडिएको हो । खेलको ३६ औं मिनेटमा झापाका भुषण सुवेदीले एपिएफका नविन लामालाई लडाएपछि प्राप्त पेनाल्टी किक मार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एकका बिरुद्ध २ गोलले अग्रता लिएको एपिएफका सामु दोस्रो हाफमा झापा–११ ले थप एक गोल गरेपनि थप दुई गोलको सामना गर्दै चारका बिरुद्ध दुई गोलमा समेटिन पुग्यो । खेलको दोस्रो हाफमा थप दुई गोल गर्दै नविन लामाले ह्याट्रिक गरेका हुन् । खेलको ५७ औं मिनेटमा झापाका खमिर गिल्सन खवाले हेडिङ् मार्फत गोल गर्दै बराबरीमा पु¥याएपनि एपिएफका लामाले झापालाई रोक्दै थप दुई गोल गरेका हुन् । एपिएफका लामाले थप गोल ६१ औं मिनेट र ८८ औं मिनेटमा गरेका थिए । एपिएफको जित संघै आईतबारको खेलमा एपिएफका नविन लामा म्यान अफ द म्याच घोषित हुँदै दश हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश पाँच समितिको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत सोमबार मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र नेपाल आर्मी बीच पहिलो क्वाटर फाईनलको प्रतिस्पर्धा हुने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…