
एजेन्सी—दुईदिनपछि ब्राजिलले विश्वकप च्याम्पियन जर्मनीसित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । मैत्रीपूर्ण खेलमा जर्मनीले आफनो स्ट्राईकर थोमस मुलर, मेसुट ओजिल र ईम््रे ब्राजिल विरुद्धको खेलमा उत्रिने सम्भावना कम छ ।
सन २०१४ को विश्वकपमा ब्राजिल जर्मनीको हातबाट ७—१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । ब्राजिल विरुद्धको खेलमा इक्ये गुण्डोगन र लिरोय सानेलाई खेल्ने छन् । ओजिल र मुलर ब्याक इन्जुरीको कारण आराम गर्दै छन् । गत शुक्रबार स्पेनसँग १—१ को बराबरी खेल्ने क्रममा दुवै घाईते भएका थिए । जर्मनी प्रशिक्षक जोचिम लोले ब्राजिल विरुद्धको खेलमा केही परिवर्तन गर्न सक्ने सम्भावना प्रष्ट रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…