
बाग्लुङ (खेलाडी न्युज)—बाग्लुङ क्रिकेट क्लब निलोले पोखराको राईजिङ क्रिकेट एकेडेमीलाई ५२ रनले पराजित गर्दै पाँचौ धौलागिरी टी—२० क्रिकेटको उपाधि रक्षा गरेको छ । टस हारेर व्याटिङमा उत्रिएको बाग्लुङले राईजिङ क्रिकेटलाई जितको लागि १७६रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
क्रिजमा उत्रिदैं व्याटिङ गर्ने क्रममा बाग्लुङका किरणसिह ठकुरी र पुरनसिंह ठकुरीले अर्धशतक पुरा गरे । किरणले ६९ रन हिर्काउँदै महत्वपूर्ण योगदान दिदाँ ओपनर पुरनले भने ५२ रन बनाउन ४९ बल खेले । पाँच चौका र दुई छक्का हिर्काउँदै महत्वपूर्ण पारी खेल्दै पोखरासमक्ष सम्मानजनकस्कोरको लक्ष्य दिए । रमेश बस्नेतले १८ रन नटआउट हिर्काए । विनय भण्डारीले ३, करण केसी र मुखिल यादवले २—२ विकेट लिए ।
१७२ रनको लक्ष्य पछ्याएको पोखराको राईजिङ क्रिकेट एकेडेमी भने १२३ रनमा समेटियो । विनय भण्डारीले ३७ रन र करण केसीले ३८ रनको योगदान दिए । राजु खनालले पनि ३१ रनको पारी खेलेपनि जितको लक्ष्यलाई भने भेटउन सकेनन् । विक्रम सोबले दुई विकेट लिए । मोहम्मद जानेदले तीन विकेट लिए ।
गत चैत ७ गतेदेखि बाग्लुङको बाङगेचौर खेलमैदानमा सञ्चालित प्रतियोगिताको म्यान अफ दि सिरिज बाग्लुङका किरणसिंह ठकुरी(१४७ रन ७ विकेट) घोषित भए । त्यसैगरी उत्कृष्ठ बलर विक्रम सोब(११ विकेट) र बेष्ट व्याट्सम्यान बाग्लुङका पुरनसिंह ठुकरी घोषित भएका छन् । प्रतियोगितामा विजेता बाग्लुङ क्रिकेट क्लब निलोले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता राईजिङ क्रिकेटले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…