
एजेन्सी—त्रिदेसिय महिला टी—२० सिरिजमा इग्ल्याण्डले आफनो नाममा रहेको रकेर्डलाई तोडदै नयाँ रेकर्ड कायम गरेको छ । भारतले दिएको १९९ रनको चुनौतीलाई पछ्याउँदै इग्ल्याण्डले जित हासिल गर्दै सर्वाधिक लक्ष्य पछ्याउने रेकर्ड कायम गरेको हो । इग्ल्याण्डले यस अघि अष्ट्रेलिया विरुद्ध १८१ रनको लक्ष्यलाई पुरा गर्दै रेकर्ड कायम गरेको थियो ।
त्रिदेसिय टी—२० सिरिज अन्तर्गत भारतले पहिलो व्याटिङ गर्दै चार विकेटको क्षतिमा १९८ रन बनाएको थियो । इग्ल्याण्डले डानियल वयाटले विष्फोटक व्याटिङ गर्ने क्रममा ६४ बलमा १२४ रनको पारी खेलिन् । २६ वर्षिय वयाटले महत्वपूर्ण इनिङ खेलेपछि तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो । टमी बाउमोन्टले २३ बलमा ३५ रन हिर्काईन् । जितपछि म्याच अफ दि वुमन बनेकी डानियलले पुरस्कार आफनो बावुप्रति समर्पण गरिन् ।
भारतका लागि स्मृति मन्धनाले ४० बलमा ७६ रन बनार्उन् । त्यसैगरी मिथाली राजले ४३ बलमा ५३ रन जोडेकी थिईन् । पुजा भास्त्रकरले १० बलमा २२ रन नटआउट हानिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…