
पोखरा(खेलाडी न्युज)—नयाँ वर्षको आगमनसँगै कास्की जिल्ला फुटबल संघले पुर्वको भ्रमणमा निस्कने छ । कास्की जिल्ला फुटबल संघको कास्की ११ पोखरा टोलीले इलाममा माईभ्याली गोल्डकपमा सहभागिता जनाउँदै नयाँ वर्ष २०७५ को फुटबल यात्रा शुरु गर्ने छ । बैशाख ६ गतेदेखि १७ गतेसम्म इलाममा सञ्चालन हुने छ ।
५ लाख नगद राशीको माईभ्याली गोल्डकपको कास्की ११ पोखराले भारत र बंगादेशी टोलीसित उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । आफनै व्यवसायिक खेलाडी अनुबन्धन गरेर टीम तयार पार्ने योजना बनाईरहेको कास्की जिल्ला फुटबल संघलाई प्रतियोगितामा सहभागिताको लागि उत्तम गुरुङले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरिसकेका छन् । यसले पनि कास्कीको फुटबलमा नयाँ आयाम हुने विश्वास गरिएको छ ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले दिएको जानकारी अनुसार माईभ्याली गोल्डकपमा एएचएम कामरुजमान(बंगलादेश), दुर्गापुर स्टिल (कोलकत्ता भारत), सिक्किम युनाईटेड(भारत), त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, कास्की ११ पोखरा, संकटा क्लब, झापा ११ र माईभ्याली फुटबल क्लब इलामको सहभागिता रहने छ ।
माईभ्याली फुटबल क्लबको आयोजनामा सञ्चालन हुने गोल्डकपको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष गुरुङले खेलाडी न्युजलाई बताए ।
क्लबका अध्यक्ष धिरेन चेम्जोङले पत्रकार सम्मेलनमा जनाए अनुसार प्रतियोगिता उत्कृष्ठ खेलाडीलाई यमाहा मोटरसाईकल पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक क्लबलाई पहिलो खेल वापत १० हजार र सेमिफाईनलबाट १५ हजार रुपैयाँ खर्चस्वरुप प्रदान गर्ने निर्णय समेत आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार कास्कीको टिमलाई आतेजाते बस भाडा समेत उपलब्ध गराउने निर्णय गरिएको छ । तस्वीर जीवन रिमालको फेसबुकबाट


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…