विश्वकप जित्ने यो अन्तिम अवसर—मेस्सी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १३ गते २०७४ मा प्रकाशित


एजेन्सी—तीन पटक विभिन्न फुटबल प्रतियोगिता फाईनलमा पराजित भएको अर्जेन्टिनका स्ट्राइकर लिओनेल मेस्सीले विश्वकपको उपाधि जित्ने अन्तिम अवसर भएको बताएका छन् । चार वर्ष अघि विश्वकप फुटबलको फाईनलमा जर्मनीसँग १—०ले पराजित हुदैं उपाधि विहीन घर फर्किनुपरेको पीडालाई बिर्साउन आफनो लागि यो अन्तिम अवसर भएको बताएका छन् ।

अर्जेन्टिना दुई पटक कोपा अमेरिकाको फाईनलमा २०१५ र २०१६ मा चिलीसित पराजित भएको थियो । क्लबमा सबैखाले उपाधि जितेपनि देशको लागि भने उनले अन्तराष्ट्रिय उपाधि भने दिलाउन सकेका छैनन् । दुईपटक कोपा अमेरिका र एकपटक विश्वकप फुटबलको फाईनलमा पुगेर पराजित भएपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास समेत लिएका थिए ।

यद्यपी सबैतिरको दबावले सन्यास फिर्ता लिदैं रसियामा हुने विश्वकप अन्तिम अवसरको रुपमा लिएका छन् । ‘इट वाज टफ विकज वि ओरेन्ट एबल टु लिफ्ट ईट(दि वल्र्डकप ट्रफी) मेस्सीले फक्स स्पोर्टससितको अन्र्तवार्तामा मंगलबार स्पेनसँगको मैत्रीपूर्ण खेल अगाडि भने—‘पासिङ नेस्क्ट टु दि वल्र्डकप ट्रफी वाज होरिबल ।’ पाँच पटकको बालोन डिओर विजेता मेस्सीले जितको लागि निकै संघर्ष गर्ने समेत बताएका छन् ।

‘जर्मनीसितको फाईनल खेल पुन फर्केर हेर्न चाहन्न । खुट्टामा रहेको बललाई कुन अवस्थामा हिर्काउँदा गोल हुने हुन्छ भन्ने अवसरको बारे सम्झन चाहन्छु ।’ उनको भनाई थियो । उनले उपाधि उचाल्ने सजिलो बाटो नभएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनले उपाधि जित्न हकदार मानिएका स्पेन, जर्मनी, ब्राजिल र फ्रान्सलाई पन्छाउनुपर्ने आवश्यकता जुन निकै कठिनपूर्ण हुने छ । file pic- agency