
पोखरा(खेलाडी न्युज)—भर्खरै अन्तराष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता प्राप्त गरेर फर्किएको नेपाली क्रिकेट टोलीका सदस्य करण केसीलाई आज पिस क्लब पोखराले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेको छ ।
विश्वकप छनोटमा क्यानडा विरुद्ध अदभूत, अविस्वसनीय प्रदर्शन गरेका करणलाई पिस क्लबले नगद १० हजारसहित दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेको हो । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं ७ का अध्यक्ष रामचन्द्र बरालले सम्मानपत्रबाट सम्मानित गरेका थिए ।
क्यानडासँगको प्रदर्शनलाई क्रिकेट प्रेमीले भने भुल्नै छैनन् । क्यानडाले दिएको १९५ रनको लक्ष्य दिएको थियो । नेपालले आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा सबैभन्दा फराकिलो लक्ष्यलाई अन्तिम बलमा पुरा गर्दा क्यानडा चार खेलसम्म शीर्षस्थानमा रहेपनि अन्तिममा पीडादायी हुदैं डिभिजन टु मै अल्झियो । लक्ष्य पुरा गर्ने क्रममा उनले नटआउट ४२ रन हिर्काउँदै जितको लक्ष्य पुरा गरिदिए ।
उनलाई सन्दीप लामिछानेले अन्तिमसम्म साथ दिए । करणले ३१ बलमा ३ चौका र ४ छक्का हिर्कए । अन्तिम ओभरमा जितको लागि आठ रनको खाँचो थियो । चार बल डट खेले । पाँचौ बलमा बलमा करणले छक्का हिर्काए । एक बलमा दुई रनको खाँचो । बल वाईड फाले । एक बलमा एक रनको आवश्यक थियो । अन्तिम बलमा रन लिदैं क्यानडाले दिएको १९५ रनको लक्ष्यलई १ विकेट बाँकी रहदाँ पुरा ग¥यो ।
क्यानडलाई पराजित गर्दै विश्वकप छनोट हुदैं जिम्बावे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ र पपुवा न्युगिनीलाई हराउँदै अन्तराष्ट्रिय क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेको थियो । नेपाली क्रिकेट इतिहासमा २२ वर्षपछि यो उपलब्धी हासिल गरेको थियो । सन १९९६ मा मलेसियामा नेपालले अन्तराष्ट्रिय खेलमा डेब्यु गरेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…