
एजेन्सी—अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले जिम्बावे क्रिकेटका अफिसियल राजन नायरलाई २० वर्षको प्रतिबन्ध लगाएको छ । आईसिसीले उनलाई कुनैपनि क्रिकेट गतिविधिमा संलग्न नहुने गरी प्रतिबन्ध लगाएको हो ।
नायरले ३० हजार अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि उनलाई आईसिसीले कारवाही गर्दै क्रिकेट गतिविधिमा संलग्न नहुने गरी प्रतिबन्ध लगाएको हो । नायरले हरारे महानगरपालिका क्रिकेट एशोसियन(एएमसिए)को कोषाध्यक्ष एवं बजार निर्देशक हुदाँ उक्त रकम अपचलन गरेको थिए । जुन आरोपको विषयलाई आईसिसीले अनुसन्धान गर्दै आएको थियो ।
घटना गत अक्टोबरको हो । नायरले जिम्बावे कप्तान ग्रायमी क्रेमरलाई उक्त भ्रष्ट आर्थिक गतिविधिमा संलग्न गराउन खोजेका थिए । तर उनले तत्कालै आईसिसी समक्ष सुनाएका थिए । आईसिसीका व्यवस्थापक तथा भ्रष्टाचार विरोधी युनिट एलेक्स मार्शलले भने—‘अनुसन्धान रिर्पोटको स्वागत गर्छु ।’ कारवाही स्वरुप २० प्रतिबन्ध लगाउने निर्णय विरुद्ध नायरले आईसिसी समक्ष आफनो प्रमाण पेश गर्दै स्पष्टीकरण दिन सक्ने जनाएको छ । pic-agency


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…