
एजेन्सी—स्पेन विरुद्धको खेलमा अर्जेन्टियन स्ट्राईकर लिओनेल मेस्सी भने उपस्थिति नहुने भएका छन् ।
उनी आफनो मशल्समा देखिएको समस्याका कारण स्पेनसँगको विश्वकपको पुर्वसन्ध्यामा आयोजित मैत्रीपूर्ण खेलमा अनुपस्थिति रहने छन् । गत शुक्रबार इटालीसँगको मैत्रीपूर्ण खेलमा जित दिलाएका मेस्सी भने स्पेनसँग अनुपस्थितिले समर्थक निराश भएका छन् ।
गतसाता प्रशिक्षणको क्रममा ह्यामस्ट्रिङको समस्या देखिएपछि उनी स्पेनसँगको खेल बेन्चमै बसेर हेर्ने छन् । प्रशिक्षक जर्ज साम्पाओलीले सोमबार नै फिट हुने आशा राखेपनि सम्भव हुन सकेन् । गतसाता नै समस्या देखिएपछि आराम गरिरहेका छन् । उनलाई स्पेन विरुद्धको खेलमा जोखिम नउठाउने संकेत प्रशिक्षकले गरेका छन् ।
अर्जेन्टिना फुटबल एशोसियनका प्रमुख क्लाउडियो तापियाले भविष्यमा ह्यामस्ट्रिङमा थप जटिल समस्या देखिने डरले मेस्सीलाई जोखिम उठाई नखेलाउने प्रष्ट पारेका छन् । यदी उनले शतप्रशित समस्याग्रस्त नहुदाँ कुनै जोखिम उठाउनुहुदैन् । तापियाले टिवाईसि स्पोर्टलाई बताए । pic by agency


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…