
पोखरा(खेलाडी न्युज) अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनले एशियन कपमा छनोट हुदाँ नेपाल भने प्रतिष्ठाको खेल जोगाउन सकेन् । पहिलो हाफ बराबरीमा रोक्दै प्रतिष्ठा जोगाउन उद्दत नेपाली टोली ८४औं मिनेटमा गोल खाँदै २(१ गोलमा पराजित हुदैं अन्तिम खेल टुग्यायो ।
कप्तान विराज महर्जनले डिबक्स भित्र फउल हानेपछि यमनी खेलाडीले सदुपयोग गर्दै एशियन कपमा सहभागिता जनाउने अवसर जुराए । यमनलाई हिजोको खेलमा नेपालमाथि स्पष्ट जितको खाँचो थियो । हारले एशियन कपमा उपस्थिति हुने सम्भवाना थिएन् । उसका लागि गर या मरको स्थिति थियो । तर नेपालले जित निकाल्दै प्रतिष्ठा जोगाउन केन्द्रीत थियो । कतारमा मंगलबार राती यमनसँग २–१ ले पराजित भएसँगै एएफसी एसियन कप छनोट चरणमा नेपालको यात्रा टुंगिएको छ । समूह एफमा रहेको नेपालले आफनो समूहमा एक जित समेत निकाल्न सकेन् । नेपालले छ खेल खेलेको थियो ।
२ खेलमा बराबरी गरेको नेपाल अंकतालिकाको पुछारमा रहँदै छनोटचरणमा विट मार्यो । समूहबाट फिलिपिन्स विजेता र यमन उपविजेताका रुपमा एसियन कपमा छनोट भएका छन् । फिलिपिन्स १२ अंक सहित शीर्ष स्थानमा रहँदै यमन १० अंकसहित दोस्रो स्थानमा रह्यो । ७ अंक जोडेको ताजकिस्तान पनि छनोट चरणबाट बाहिरिएको छ ।
एक पटक छनोट चरणबाट बाहिरिसकेको नेपालले एएफसी सोलिडारिटी कप विजेता बनेपछि एसियन कपको छनोट खेल्ने मौका पाएको थियो । ग्वामले नखेल्ने भएपछि नेपालले मौका पाएको थियो । छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो ।
६ खेलमा ११ गोल खायो भने मात्र ३ गोल गर्यो । विशाल राई, विमल घर्ती मगर र नवयुग श्रेष्ठले मात्र छनोटमा गोल गर्न सके । विशालले फिलिपिन्स, विमलले ताजकिस्तान र नवयुगले यमनविरुद्ध गोल गरेका थिए । फिलिपिन्ससँग दुवै खेल गुमाएको नेपालले यमन र ताजकिस्तानसँगको खेल एउटा गुमाएको थियो भने अर्कोमा बराबरी गरेको थियो ।
एसियन कप छनोट चरणमा नेपालको प्रदर्शन
१।फिलिपिन्सविरुद्ध नेपाल अवे २८ मार्च २०१७, ४–१ विशाल राई
२। नेपालविरुद्ध यमन होम, १३ जुन २०१७, ०–०
३। नेपालविरुद्ध ताजिकिस्तान होम, ५ सेप्टेम्बर २०१७, १–२ विमल घर्ती मगर
४।ताजिकिस्तानविरुद्ध नेपाल अवे, १० अक्टोवर २०१७, ३–०
५।नेपालविरुद्ध फिलिपिन्स ,होम, १४ नोभेम्वर २०१७, ०–०
६।यमनविरुद्ध नेपाल अवे, २७ मार्च २०१८,२–१ नवयुग श्रेष्ठ


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…