
goal isco
एजेन्सी—रियल मड्रिडका स्ट्राईकर ईश्कोले ह्याट्रिक गरेपछि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६—१ ले पराजित गरेको छ । आफना स्टार खेलाडी मेस्सी विना उत्रिएको अर्जेन्टिना निकै फिक्का देखियो । उनको अभाव अर्जेन्टिनालाई प्रष्ट देखिएको थियो ।
ह्यामस्ट्रिङको समस्याले बेन्चमा आराम गरेका मेस्सीले अर्जेन्टिनामाथि स्पेनको गोलको वर्षा टुलुटुली हेर्दै बसे । बार्सिलोनाका आफनो टिम मेटसँग खेल्ने अवसर गुमाएका मेस्सीले अघिल्लो दिन इटालीलाई २—०ले गोलले पराजित गर्दा भने मैदानमा उपस्थिति थिए ।
१२ औं मिनेटमा डियागो कोष्टाको गोलबाट अग्रता लिएको स्पेनले ७४ औं मिनेटमा गोलले पूर्ण विराम लियो । ईश्कोले २७ औं मिनेटमा गोल गरे । व्यक्तिगत दोस्रो गोल ५२ औं मिनेटमा गरे । उनले ह्याट्रिक गर्नभन्दा अघि थियागो एलकान्टरा र लागो एस्पासले क्रमश ५५ औं र ७३ औं मिनेटमा गोल गरेका थिए ।
ईश्कोको ह्याट्रिकसँगै स्पेनले ेगोलको वर्षालाई अन्त्य गर्यो । ७४ औं मिनेटमा ईश्कोले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको ३९ औं मिनेटमा निकोलास ओटामेन्डीले गरेको गोल अर्जेन्टिनाको लागि सान्त्वना बन्न पुग्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…