
एजेन्सी—बल टेम्परिङ गरेको आरोपमा अष्ट्रेलिया क्रिकेटले कप्तान स्टेभन स्मिथ र डेविड वार्नरलाई एक वर्ष प्रतिबन्ध लगाएको छ । आजिवन क्रिकेट प्रतिबन्ध लाग्ने सम्भावनाको चर्चा चलिरहँदा दुई खेलाडीलाई १२ महिना घरेलु तथा अन्तराष्ट्रिय क्रिकेट गतिविधिको लागि प्रतिबन्ध लगाएको हो ।
बल टेम्परिङ काण्डले दुई खेलाडीको विश्व क्रिकेट जगतमा निकै आलोचना भएको थियो । अष्ट्रेलिया क्रिकेटका मुख्य व्यवस्थापक जेम्स सथरल्याण्डले बुधबार विहान उनीलाई कारवाही गरिएको घोषणा गरेका थिए । मुख्य व्यवस्थापक सथरल्याण्ण्डका अनुसार अष्ट्रेलियाली क्रिकेटको आचारसंहिता विपरित भएको उल्लेख गर्दै कारवाही गरिएको बताए । कमेरोन बेनक्राष्टलाई भने ९ महिनाको प्रतिबन्ध लगाईएको छ ।
दक्षिण अफ्रिका विरुद्धको टेष्टमा बल टेम्परिङ गरेको आरोप स्वीकार गरेपछि अष्ट्रेलिया क्रिकेटले क्रिकेटसँग सम्बन्धीत विभिन्न व्यक्तित्वसँग छलफल गरी कारवाही गरिएको जनाएकोछ । यो घटनाले विश्वक्रिकेट जगतमा अष्ट्रेलियाका छविलाई धुमिल बनाएको विश्लेषकहरुको भनाई छ ।
आरोप लगत्तै स्मिथले अष्ट्रेलियाको क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका थिए । कारवाहीको भागिदार भएका स्मिथ, वार्नर बेनक्राफ्टले कानूनी उपचारको लागि निवेदन दिन भने सक्ने छन् । कारवाहीको भागिदार भएसँगै दक्षिण अफ्रिका विरुद्धको चौथो टेष्टको लागि अष्ट्रेलियाको टिममा परिवर्तन गरिएको छ ।
अष्ट्रेलिया क्रिकेटका अध्यक्ष डेविड पिभरले कारवाही भोगेका खेलाडीहरुको भविष्यलाई मध्यनजर गर्दै क्रिकेटमा फर्किन सक्ने सकेत गरे । प्रतिबन्धको समयमा स्मिथ, वार्नर र बेनक्राफ्टले क्लबस्तरीय क्रिकेटमा भने संलग्न भई क्रिकेट समुदायसँग जोडिदैं क्रिकेट विकासको लागि एकसय घण्टा स्वयंसेवकको भूमिका खेल्न निर्देश गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…