
बुटवल(खेलाडी न्युज)— मदन भण्डारी तेस्रो गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्दै सिजनको तेस्रो उपाधिको लक्ष्यमा पुगेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा बुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोल अन्तरले रोक्दै थ्रीस्टार अन्तिम चारमा सुरक्षित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८४ औं मिनेटमा हिमालयनका तिर्थ बस्नेतले पहिलो गोल गरेर अग्रता लिएका थिए । ८६ औं मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी लावलले लामो प्रहार मार्फत बराबरी गोल फर्काए । खेलको इन्जुरी समयमा विदेशी खेलाडी मार्टिन्सले विपक्षी गोलकिपर अगाडि बढेको मौकामा बललाई जाली चुमाउंदै निर्णायक गोल गरेर टिमलाई जित दिलाए ।
थ्रीस्टार यही चैत ४ गते बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपको उपाधि विजेता हो । बुधबारको खेलमा थ्रीस्टारका मार्टिन्स मयान अफ दि म्याच घोषित हुंदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । पाहुना टिमलाई दर्शकहरुले राम्रो साथ दिएका थिए । पाहुना टिमको खेल उत्कृष्ट भएता पनि स्ट्राकरको अभाव खड्केको थियो ।
जसका कारण खेल अवधिमा आधा दर्जन राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । उता थ्रीस्टारले पाएका अवसरलाई विपक्षी किपरले असफल तुल्याइदिएका थिए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बिहीबार विभागीय टिम नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लब प्रतिस्पर्धा गर्नेछन् । चैत १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…