
एजेन्सी—विश्वकप आउन साढे दुई महिनाको समय छ । विश्वकपमा सहभागि देशहरु एकापसमा मैत्रीपूर्ण खेल खेल्दै छन् । मैत्रीपूर्ण खेल खेल्ने क्रममा विश्वकप आयोजक देश रसियामा भने फ्रान्सका दुईखेलाडी रंगभेदको शिकार भएका छन् । फुटबल खेल चलिरहदाँ दर्शकबाट रंगभेद गरिएकोप्रति फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।
फ्रेन्च प्लेयर पाउल पोग्बा र ओसामाने डिम्बालेलाई रंगभेदको शिकार बनाईएको छ । फ्रान्सेली खेलकुद मन्त्री लाउरा फ्लेसेलले आफना खेलाडीलाई रंगभेद गरिएकोमा रसियाप्रति कडा आपत्ति जनाएका छिन् । उनले रंगभेद भएको घटनाप्रति आफना खेलाडीलाई एकजुट भई रंगभेद विरुद्ध लड्न आग्रह समेत गरेकी छिन् ।
रसियाका समर्थकले उनीहरुमाथि गरिएको रंगभेद विरुद्ध गरेको कडा आपत्तिप्रति फिफाले अनुसन्धान थाल्ने रंगभेद विरुद्धको युरोप फुटबल संस्था( फुटबल अङ्गेष्ट र्यासिजम ईन युरोप— एफएआरई)जनाएको छ ।
फ्रान्सले रसियालाई मैत्रीपूर्ण खेलमा ३—१ ले पराजित गरेको थियो । पराजित गर्ने क्रममा पाउल पोग्बाले ४९ औं मिनेटमा गोल गरेका थिए ।
४० र ८३ मिनेटमा एमबाप्पे गोल गरेका थिए । उनलाई ७३ औं मिनेटमा रसियका समर्थकले रंगभेदको शिकार बनाएका थिए । गोल गरेपछि उनलाई रंगभेदको शिकार बनाईयो । डिम्बालेले दुई कर्नर हिर्काउने बेलामा उनीमाथि रसियाका सर्मथक खनिएको समेत समाचार एजेन्सीले उल्लेख गरेको छ ।
‘फुटबलको मैदानमा रंगभेदको कुनैस्थान हुदैन् ।’ खेलकुद मन्त्री फ्लेसेलेल ट्वीटमा लेखिन—रंगभेदको हर्कत युरोप र अन्तराष्ट्रियस्तरमा रोक्नुपर्छ ।’ रसियन फुटबल महासंघ(आरएफएफ)ले फ्रेन्च फुटबल महासंघ तथा फिफा समक्ष यस्तो रंगभेदको हर्कत रोक्ने प्रतिबद्धता जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…