
एजेन्सी—विश्वकपको लागि बेलायतले आफनो अन्तिम खेलाडीको नामावली भने अन्तराष्ट्रिय मैत्रीपूर्ण वार्मअप म्याचपछि निकाल्ने निर्णय बेलायती व्यवस्थापक गारेथ साउथगेटले बताएका छन् । गत मंगलबार इटालीसँग १—१ को बराबरी खेलेको इग्ल्याण्डले ३५ जना खेलाडी छनोट गरेर प्रशिक्षण दिईरहेको छ ।
बेलायतले जुन ४ मा आफनो २३ सदस्यीय टोली छनोट गर्ने जनाएको छ । अन्तिम डेडलाईन नै ४ जुन तोकिएको छ । जुन २ गते नाईजेरियासँगको वार्मअप म्याचपछि मात्रै २३ सदस्यीय टोली सदस्य छनोट गरिने व्यवस्थापक साउथगेटले जनाएका छन् । पाँच जना बैकल्पिक खेलाडीको रुपमा राख्ने प्रस्ताव समेत छ ।
खेलाडी छनोट क्याम्प र वार्मअप मैत्रीपूर्ण म्याच फरक रहेको उल्लेख गर्दै साउथगेटले यो सबैको लागि फरक अनुभव हुन् । बेलायती टोली सधैं उपाधिको दावेदारी मानिएपनि प्रदर्शन भने कमजोर देखाउँदै आएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…