
पोखरा (खेलाडी न्युज) अब क्रिकेटप्रेमीको सपना साकार हुने छ । नेपालले क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउनुपर्ने आवाज उठ्दै आएको छ । त्यो क्रिकेट प्रेमीको आवाजलाई हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले पुरा गर्ने घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने उदघोष गरेका हुन् ।
नेपालले जिम्बावेमा क्रिकेटमा अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता प्राप्त गरेको थियो । विश्वकप छनोटमा हङकङलाई र पुपुवा न्युगिनी पराजित गर्दै २२ वर्षको इतिहासमा एकदिवसीय मान्यता प्राप्त गरेको थियो । नेपालले १९९६मा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न शुरु गरेको थियो ।
चार वटा नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रंगशाला निर्माण गर्ने जानकारी गराए । उनलाई क्रिकेट प्रेमीले चौतर्फी रुपमा क्रिकेट स्टेडियम बनाउन अग्रसरता लिनुपर्ने भन्दै सामाजिक सञ्जालमै लेखेर दबाव दिएका थिए ।
फाउन्डेशनलाई ‘नमूना नेपाल’ निर्माणको समयमा नै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकता भएको बताउँदै जनस्तरले बनाउन सुझाव दिएको थियो। हाल निर्माण गर्ने भनिएको रंगशालाका लागि फाउन्डेशनले सहयोगको पनि आह्वान गरेको छ।
धुर्मुसले लेखेका छन, ‘नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो ।’नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट जगतमा अविस्मरणीय छाप छोडेको छ ।
उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वभरीबाट खेलका पारखीहरू अनि खेलाडीहरू नेपाल भित्रिँदा देशलाई महत्वपूर्ण आर्थिक लाभ पनि हुन्छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियमको लागि काठमाडौं, पोखरा, रुपन्देही र धनगढीमा अगाडि बढाईएको छ ।
काठमाडौंको किर्तिपुरको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाईदै आएको छ । त्यसलाई स्तरोन्नति गर्नुपर्ने खाँचो छ । मुलपानीमा निर्माणाधिन छ । पोखरामा निर्माणको लागि राष्ट्रिय खेलकुद परिषदले डिपिआर गरिएपछि आवश्यक रिर्पोट भने परिषदका पुगेको छैन् । रुपन्देहीको सिदार्थ रंगशाला क्रिकेट स्टेडियमको परिषदले एक करोड ५० लाख छुट्टाई आवश्यक निर्माण प्रक्रियालाई निरन्तरता दिइएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…