
पोखरा(खेलाडी न्युज) – नेपाल क्रिकेट संघ(क्यान)को साधारण सभा नयाँ वर्षको पहिलो साता हुने तय भएको छ । बैशाख ६ र ७ मा विशेष साधारण गर्ने निर्णय गरिएको निलम्बित क्यान अध्यक्ष चतुरबहादुर चन्दले जनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमा विवाद भएपछि निलम्बन गरेको थियो ।
यसअघि वैशाख १३ र १४ गतेका लागि विशेष साधारण सभा तय भएको थियो । आइसीसीले आफ्नो बोर्ड बैठक अघि नै क्यानको विशेष साधारण सभा हुँदा उत्तम हुने जनाएपछि एक साता विशेष साधारण सभा अघि सारिएको उनको भनाई थियो । आइसीसीको बोर्ड बैठक वैशाख ९ गते बस्दैछ । चन्दको नेतृत्वमा रहेको कार्य सम्पादन समितिले यसअघिको मिति तय गरेको थियो ।
विशेष साधारण सभामा आइसिसीका प्रतिनिधिको उपस्थिति रहने छन् । महासचिव प्याकुरेलका अनुसार नयाँ सदस्यताका विषय र जिल्लाको निर्वाचनका विषयमा हाम्रा आफ्नो कुरा राख्ने छौं । निर्देशन बमोजिम निर्वाचित क्यानले विधान संसोधन गरे क्यानमाथि लगेको लामो समयको निलम्बन फकुवा हुने आइसीसीले यसअघि प्रष्ट पारेको थियो । क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले तयार पारेको विधान जस्ताको तस्तै पारित गरे आइसीसीको बोर्ड बैठकले नेपालमाथिको निलम्बन फुकुवा गर्न सक्ने सम्भावना छ ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति विना क्यानले निर्वाचन गरेको र पछि राखेपले अलग्गै तदर्थ समिति बनाएपछि झन्डै दुई वर्ष अघि आइसीसीले क्यान माथि निलम्बन गरेको थियो । त्यस्ता विवाद समाधानका लागि भन्दै आइसिसीको टोली नेपाल भ्रमणमा आएको थियो ।
जिम्वावेमा केही साता अघि सम्पन्न विश्व कप छनोटबाट नेपालले एक दिवसिय मान्यता प्राप्त गरेको थियो । केही दिनअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरु र अहिलेका कप्तान पारस खड्काले संयुक्त पत्रकार सम्मेलन गर्दै छिटो भन्दा छिटो क्यानको निलम्बन फुकुवा भएर काम गर्न नसके नेपालले एक दिवसिय राष्ट्रको मान्यता पाउनुको अर्थ नहुने बताएका थिए । file pic


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…