
एजेन्सी—रसियामा विश्वकप फुटबलको शुरुवात आफनै एशिया महादेशको हस्ती साउदी अरेबियासँग खेल्दै शुरुवात गर्ने छ । रसियाको समय अनुसार चार बजे खेल शुरु हुने छ ।
विश्वकपको महत्वपूर्ण खेलहरु मध्ये पोर्चुगल र स्पेन बीचको बहुप्रतिक्षित खेल हुने अपेक्षा गरिएको छ । जुन १५ मा सात बजे यी दुई टोलीले खेल्ने छन् । विश्वकप पुर्व विजेता र युरो च्याम्पियन बीचको प्रतिस्पर्धाले फुटबलमा नयाँ रोचकता थप्ने छ ।

group a-h
जुन १७ मा जर्मनी र मेक्सिको बीचको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । जुन २१ मा अर्जेन्टिनाले क्रोयसियासित खेल्ने छ । क्रोयसिया पनि विश्वकप फुटबलमा कठिन प्रतिद्धन्द्धीको रुपमा चिनिदैं आएको छ । जुन २३ मा जर्मनलीले स्वीडेनसँग खेल्ने छ । यो खेल पनि फुटबल प्रेमीको लागि प्रतीक्षाको खेल हुने अनुमान गरिएको छ ।
जुन २६ मा डेनमार्कले पुर्व विश्वकप विजेता फ्रान्सको सामना गर्ने छ । जुन २७ मा मेक्सिको र स्वीडेनको प्रतिस्पर्धाले पनि फुटबलप्रेमीलाई मनोरन्जन प्रदान गने आशा गरिएको छ । जुन २८ मा इग्ल्याण्ड र बेल्जियम बीचको प्रतिस्पर्धा रोचक हुने धेरैले आशा र विश्वास गरेका छन् । बेल्जियमका खेलाडी इंग्लिस प्रिमियर लिगमा आवद्ध छन् । त्यसैले पनि एकले अर्कोका खेल प्रदर्शन र ट्याक्टिस बुझ्दै आएका छन् । जुलाई १५मा विश्वकप विजेताको टुंगो लाग्दै चार वर्षको लागि विश्राम लिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…