
पोखरा(खेलाडी न्युज)—वर्षको चौथो उपाधिको खोजीमा रहेको थ्रीस्टारले आज आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसँग सेमिफाईनल खेल्दै छ ।
सेमिफाईनल जितले फाईनल सुरक्षित हुने छ भने उपाधिको संघारमा पुग्ने छ । पराजितले बाहिरिदैं उपाधि विहीन फर्किनुपर्छ । मलेसियाको टोलीलाई पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको थ्रीस्टारले आयोजकसँग खेल्दै शतप्रतिशत नजिता निकाल्ने प्रयासमा खेल्ने छ ।
सर्वाधिक पुरस्कार राशीको गोल्डकपको लागि आयोजकले उपाधि रक्षा गर्ने अभियानमा छ । व्यवसायिक खेलाडीलाई समेल्दै बलियो टोली बनाएको छ । आयोजकलाई रोक्नु निकै चुनौतिपूर्ण देखिन्छ । भरोस विदेशी खेलाडीको छ । सिजनकै उत्कृष्ठ लयमा रहेको नेपाल आर्मीलाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको आयोजकले उपाधि रक्षा गर्ने सम्भावनाको रुपमा लिईदैं आएको छ ।
१५ लाख नगदराशीको गोल्डकपपछि नेपाली फुटबल क्लबहरु पुर्वाञ्चलको विराट गोल्डकपमा सहभागिता जनाउँदै वर्षको अन्तिम गोल्डकप टुग्याउने छन् । त्यसपछि २०७५ मा बैशाख पहिलो सातादेखि फेरी गोल्डकपको रफ्तार बढ्ने छ । माईभ्याली गोल्डकप बैशाख ६ गतेदेखि र पाँचथरमा बैशाख २० गतेदेखि अर्को गोल्डकप शुरु हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…