
पोखरा(खेलाडी न्युज)—स्केट बोडिङ्ग खेलको विशेष प्रवर्धन गर्ने उद्देश्यले चैत १७ गते शनिबार पोखरामा हुने “दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनशिप–२०७४” को सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार पोखरामा भएको पत्रकार भेटघाटमा नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष अच्युत खनालले प्रतियोगितामा सहभागिता जनाउन २० जिल्लाका करिब १ सय जना खेलाडी पोखरा आइसकेको बताए ।
पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड पार्क विश्वकै दोश्रो नमुना पार्क रहेको उल्लेख गर्दै अध्यक्ष खनालले नेपाली खेलाडीको उत्पादन र प्रवद्र्धन गर्न संघले आफ्ना कार्यक्रमहरुलाई अझै शसक्त ढङ बाट अगाडी बढाउने समेत बताए । उनले यस प्रतियोगिता बाट अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै उनीहरुलाई आगामी दिनमा अन्तर्राष्ट्रिय सहभागिता समेत गराइने लक्ष्य लिइएको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यस क्षेत्रको खेलकुद पर्यटनमा स्केटबोर्ड निर्माणले सहयोग पुगेको बताए । उनले पोखरालाई खेलकुद पर्यटनको शहर बनाउने हो भने यस तर्फ लगानी बढाउनु पर्ने कुरामा जोड दिए । उनले यस प्रतियोगिताले स्केटबोर्ड खेलको महत्वलाई थप उजागर गर्ने र पोखरामा थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
संघका उपाध्यक्ष चुडामणी खनालले प्रतियोगितामा पुरुष तर्फ १४ वर्ष भन्दा माथी, १४ वर्ष मुनी तथा महिला गरी तीन क्याटोगरी हुने बताए । उपाध्यक्ष खनालले संघले खेलाडीको उत्पादन, प्रोत्साहन संगै प्रशिक्षकको उत्पादन र क्षमता बृद्धि गर्दै लैजाने र त्यसका लागि अन्तराष्ट्रिय संघ संस्थाहरुसँग समन्वय गरिएको बताए ।
संघका सचिब रामचन्द्र कोइरालाले प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख खर्च लाग्ने जानकारी दिए । सचिब कोइरालाका अनुसार हरेका क्याटोगरिमा बिजेता प्रथम, द्वितियले नगद क्रमश ५ हजार, २ हजार ५ सयका साथमा १० हजार पर्ने स्केटबोर्ड पाउने छन । तृतिय हुनेलाई स्केटबोर्ड प्रदान गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…