
पोखरा(खेलाडी न्युज)-सिजनको अन्तिम गोल्डकप विराट गोल्डकप आजदेखि विराटनगरमा शुरु हुदैं छ । रात्रीकालिन फुटबलको स्वादसँग शुरु हुने गोल्डकपको उदघाटन खेल मोरङ ११ र थिम्पु फुटबल क्लब, भुटान बीच हुने छ । खेल भने साँझ छ बजेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागिता रहेको छ । नेपाल बाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब प्रतियोगितामा सहभागी छन् । भुटान र भारतको दुईवटा क्लबसहित मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र मोरङ–११ को सहभागिता रहेको विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले बताए ।
प्रतियोगिताको उद्घाटनको अवसरमा १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रिय स्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप प्राप्त गर्ने छन् । प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कारसहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…