
पोखरा(खेलाडी न्युज)( धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सका साहब आलमले पहिलो ह्याट्रिक लिएका छन् । १८ औं ओभरमा ह्याट्रिक विकेट लिदै धनगढी चौराहालाई १४५ रनमा समेटे ।
१८ औं ओभरमा सुजिन धमलालाई पवेलियन फर्काएपछि ह्याट्रिक गर्ने लक्ष्य देखियो । अर्को बलमा उनले चौराहाका कप्तान सोमपाल कामीलाई क्रिज बाहिर पठाउने क्रममा काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । पाँचौ बल फ्याक्ने क्रममा उनले सोनु तामाङको विकेट लिदैं उदघाटन खेलमा ह्याट्रिक लिने खेलाडीको सूचीमा आफुलाई उभ्याए । उनी यु-१९ का खेलाडी हुन् ।
आक्रामक पारी खेलेका सुनिल धमलाले ५७ बलमा ६८ रन बनाए भने शंकर रानाले ३६ रन जोडे ।ओपनर पुनित मिश्रा ९९ रन० सस्तैमा आउट भएपछि मैदानमा उत्रेका सुनिलले चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । काठमाडौंका लागि किशोर महतो, रसिद खान र सन्नी पटेलले समान १ विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…