डिपिएल २, काडमाडौं गोल्डेन्सले सात विजयीले विजयी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)अमित श्रेष्ठले उत्कृष्ठ पारी खेलेपछि दोस्रो संस्करणको धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सले धनगढी चौराहालाई सात विकेटले पराजित गरेको छ । श्रेष्ठले नटआउट ८१ रनको इनिङ खेलेपछि १४६ रनको लक्ष्य पछ्याएको काठमाडौंले ३ विकेटको क्षतिमा भेट्टायो ।

श्रेष्ठले ६५ बल खेल्ने क्रममा ९ चौका र ४ छक्का हिर्काउँदै उदघाटन खेलमा विष्फोटक व्याटिङ गरे । जे.ए कोल्सावालालाई १६ र कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा गुमाएपछि श्रेष्ठले ओपनिङबाट अन्तिम इनिङसम्म सम्हाले । उनलाई नरेश बुढाएरले साथ दिएका थिए । नरेश बुढाएरले २४ रन नटआउट खेल्दै अन्तिमसम्म साथ दिदैं जितसम्म डोर्याए । काठमाडौंको दुई विकेट साम्सद शेखले लिए । पटेलको विकेट भने एस.धमलाले लिए । खेल काठमाडौंले १८.४ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

पहिले व्याटिङ गरेको धनगढीको टिम चौराहाले १४५ बनाई सबै विकेट गुमाएको थियो । लिगको उदघाटन खेलमा काठमाडौं गोल्डेन्सका साहब आलमले पहिलो ह्याट्रिक लिएका छन् । १८ औं ओभरमा ह्याट्रिक विकेट लिदै धनगढी चौराहालाई १४५ रनमा समेटे । १८ औं ओभरमा सुजिन धमलालाई पवेलियन फर्काएपछि ह्याट्रिक गर्ने लक्ष्य देखियो । अर्को बलमा उनले चौराहाका कप्तान सोमपाल कामीलाई क्रिज बाहिर पठाउने क्रममा काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए ।

पाँचौ बल फ्याक्ने क्रममा उनले सोनु तामाङको विकेट लिदैं उदघाटन खेलमा ह्याट्रिक लिने खेलाडीको सूचीमा आफुलाई उभ्याए । उनी यु(१९ का खेलाडी हुन् । आक्रामक पारी खेलेका सुनिल धमलाले ५७ बलमा ६८ रन बनाए भने शंकर रानाले ३६ रन जोडे ।ओपनर पुनित मिश्रा ९९ रन० सस्तैमा आउट भएपछि मैदानमा उत्रेका सुनिलले चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । काठमाडौंका लागि किशोर महतो, रसिद खान र सन्नी पटेलले समान १ विकेट लिए ।