
बुटवल(खेलाडी न्युज)भर्खरै कतारबाट फर्किएका विङगर सुजल श्रेष्ठले ह्याट्रिक गरेपछि मनाङ मस्र्याङ्दी क्लब बुटवलमा सञ्चालित तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा मनाङले साविक विजेता सुनौलो संगम युवा क्लबलाई ५–० ले हराउँदै उपाधि नजिक पुगेको हो । मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे भने थप दुई गोल अर्का स्टार मिडफिल्डर अन्जन बिष्टले गरे । उनले खेलको २६ औं, ५८ र ८९ औं मिनेटमा गोल गरेका थिए । दुई गोल अञ्जन विष्टले खेलको ३१ औं र ६५ औं मिनेटमा गरे । अनुभवी खेलाडि संग प्रतिस्पर्धा गरेको सुनौलो संगमले केही महत्वपुर्ण अवसर पाएपनि गोलमा परिणत गर्न भन सकेन । खेलमा ह्याट्रिक गरेका मनाङका सुजल म्यान अफ द म्याच घोषित भए ।
फाईनलमा अब आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्री स्टार बीचको विजेतासँग उपाधिको लागि खेल्ने छ । हिजोको थी स्टार र आयोजक बीचको खेल हावाहुरीसहित असिना पानी परेपछि स्थगित हुन पुगेको थियो । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख ५० हजार प्राप्त गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…