
एजेन्सी- रोमेलु लुकाकुले सयौं गोलको कोशे ढुंगा पुरा गर्दा म्यानचेष्टर युनाईटेडले स्वास्न्सी सिटीमाथि २(० गोलले पराजित गरेको छ । २४ वर्षिय लुकाकुले पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाउँदा आफनो सय गोलको कोशेढुंगा पार गरेका थिए । अर्को गोल भने अलेक्स सान्चेजले २० औं मिनेटमा गरेका थिए ।
युनाईटेड जितसँगै प्रिमियर लिगको दोस्रो स्थानमा फेरी उक्लिएको छ । लिभरपुलले क्रिष्टियल प्यालेसलाई पराजित गर्दै केही घण्टाको लागि दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष चार भित्र रहने टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अवसर प्राप्त गर्ने भएकोले पनि शीर्ष चारभित्र रहन जित निकाल्नै पर्ने दबाव थियो । युनाईटेड ६८ अंकसहित दोस्रो स्थानमा रहँदा लिभरपुल भने ६६ अंकसहित तेस्रो स्थानमा छ ।
उता म्यानचेष्टर युनाईटेडले एभर्टन माथि ३(१ गोलले पराजित गर्दै सिजनको उपाधि उचाल्ने तयारीमा छ । चार मिनेटमा लिरोय सानेले गोल गर्दै दिलाएको अग्रतामाथि सिटीका लागि दोस्रो गोल भने ग्रावियल जेससले १२ औं मिनेटमा थप्दै अग्रता बढाए । ३७ औं मिनेटमा रहिम स्टर्लिंगले अर्को गोल थपेपछि सिटीलाई उपाधि निकट पुर्याउन सम्भव बन्यो । ६३ औं मिनेटमा यानिक बोलासिएले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने सम्भावना देखाए । यदपी अन्तर फराकिलो भएकोले त्यो सम्भव भने हुन सकेन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…