
पोखरा(खेलाडी न्युज)-धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत आज सिवाईसि अत्तरियाले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्ने छ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिताको उदघाटन खलमा काठमाडौं गोल्डेन्सले धगगढी चौराहालाई सात विकेटले पराजित गरेको थियो ।
गत वर्षको संस्करणलाई केलाउँदा अत्तरिया रुपन्देही च्यालेन्जर्ससँग पराजित भएको थियो । रुपन्देहीले १२६ रन बनाउँदा अत्तरियामा भने ८६ रनमा समेटिदैं पराजित भएको थियो । आज पराजयको बदला लिने अवसर पाएको छ । यद्यपी दिउँसो हुने खेलको नजिता भने कुर्नुपर्ने हुन्छ ।
नेपाली राष्र्टिय क्रिकेट टोलीका विकेट किपर दिपेन्दसिंह ऐरीले अत्तरियाको महत्वपूर्ण खेलाडीको रुपमा रहने छन् । नेपालका भरपर्दा व्याट्सम्यान सुवास खकुरेलले अत्तरियाको कप्तानी गर्ने छन् । उनी गत महिना जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगितामा भने नेपाली टोलीमा समावेश थिएनन् ।
अत्तरियाको टिम स्क्वाडमा किशोरसिंह ऐरी,एस भण्डारी, के. भुर्तेल, केसी भुवन, भी.चन्द्र, जी चितकरा, एस झोरा, के. कार्की, बी.लामा,रोमन बम, पी. तामांग,ए.थापा र एस उराओ छन् ।
उता रुपन्देही च्यालेन्जर्सको नेतृत्व भने पाका खेलाडी शक्ति गौचनले लिएका छन् । टिम स्क्वाडमा प्रदीपसिंह ऐरी, सुशान्त भारी, वि.के भुषाल, विपिन खत्री, दिपक प्रसाद, कुशल मल्ल, एस. लोहनी, जितेन्द्रकुमार मुखिया, प्रकाश जैसी, एएस राउटेला, सागर पुन, डी.श्रेष्ठ, सोनु अन्सारी र सुफ्यान मोहम्मद छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…