
पोखरा(खेलाडी न्युज)-नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले तेस्रो संस्करणको स्पोर्टस अवार्ड आगामी जेठ १८ गते गर्ने भएको छ । कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने ध्येयले मञ्चले अवार्ड आयोजना गर्दै आएको छ ।
मञ्चको आइतबार बसेको २० औं बैठकले ठीक दुई महिना पछि जेठ १८ गते, शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा समर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन स्वरुप कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । यस वर्ष पपुलर प्लेयर अवार्ड समेत थपिनेछ ।
मञ्चले चाँडै नै सम्मानित व्यक्ति चयनका लागि छनौट समिति, अवार्ड आयोजनार्थ जिम्मेवारी बाँडफाडका लागि विभिन्न समिति गठन गर्ने भएको छ । नयाँ वर्ष शुभकामना आदानप्रदानका साथै मञ्चका साधारण सदस्य समेतको विशेष भेला गर्ने निर्णय गरिएको सचिव अधिकारीले बताए ।
अवार्डको निरन्तरतासँगै प्रायोजन तथा सहयोगी हात बढेको उल्लेख गर्दै अध्यक्ष केशव पाठकले सहकार्यका लागि मञ्च आतुर रहेको उल्लेख गरे । स्रोतका अनुसार गतवर्षको अवार्ड वितरणको आयव्यय भने सार्वजनिक गरिएको छैन् । दुई सस्करण विवादरहित बन्न सकेको छैन् । कास्की वर्ष खेलाडीको नाम दिइएपनि गतवर्ष महिला तर्फ पुरस्कृत अरुणा शाही म्याग्दी जिल्लाबाट प्रतिनिधित्न गर्दै राष्ट्यि खेलमा सहभागि थिईन् । पुरुष तर्फ बाग्लुंगका करण केसीलाई छनोटमा राखिएको थियो । उनी पनि राष्ट्यि खेलकुद प्रतियोगितामा भने कास्की जिल्लाबाट सहभागिता जनाएका थिएनन् ।
file pic


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…