
पोखरा, (खेलाडी न्युज)। कास्की जिल्ला जिल्ला मोया थाई किक बक्सीङ सघको आयोजनामा गरिएको इन्डो नेपाल मेत्रीपूर्ण प्रतियोगितामा कुलबहादुर केसी च्याम्पिन्य बनेका छन् ।
५० मुनि तौल समुहमा उदित गुरुङ प्रथम भएका छन् । रन्जित ठकुरी दोस्रो भएका हुन् । ६० मुनि तौल समूहमा नवराज गुरुङ प्रथम भएका हुन् । कुमार थापा दोस्रो भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई खादा र पदकले सम्मान गरिएको थियो ।
पश्मिाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले अन्य खेलहरु भन्दा थाई बक्सीङ खेल सहासी रहेको बताए । संघका केन्द्रिय उपाध्यक्ष दिपक गोदारले थाई बक्सीङ खेललाई विद्यालय स्तर बाट प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । उनले थाई बक्सीङ खेलको माध्यमबाट अन्तर्राष्ट्रिय पदक जित्न सफलताको नजिक रहेका जानकारी दिए ।
संघका अध्यक्ष अब्राम खानले पोखरामा अन्य प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु संघले आयोजना गर्ने बताए । प्रतियोगितामा मुख्य निर्णयक निर्मल पहारी निर्णयक दानबहादुर क्षेत्री, सुवास खड्का, निशान गुरुङ, विजय गुरुङ र धनबहादुर पुन रहेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…