रुपन्देहीको दोस्रो हार,,ऐरीको अर्धशतक ओझेलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १९ गते २०७४ मा प्रकाशित


dpl2 day 2

धनगढी (खेलाडी न्युज)प्रदीपसिंह ऐरीले अर्धशतकीय पुरा गर्दै सानदार शुरुवात गरेपछि पछिल्ला व्याट्सम्यानले उत्कृष्ठ प्रदर्शन दोहोर्याउन नसक्दा रुपन्देहीले च्यालेन्जर्सले दोस्रो हार व्यहोरेको छ । काठमाडौं गोल्डेन्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको रुपन्देही १२३ रनमै अलआउट हुन पुग्यो ।

ऐरीले ५७ रन हिर्काउँदै गतिलो शुरुवात गरे । उनलाई ओपनिगं सागर पुनसँग पहिलो विकेटको लागि ७५ रनको साझेदारी गरेका थिए । यद्यपी पुन १८ रनमा पवेलियन फर्किए । दिपक प्रसादले केवल १० रनमात्रै जोडे । अन्य व्याट्सम्यानको दोहोरो अंकको रन बन्न सकेन् । सस्तैमा पवेलियन फर्किएपछि रुपन्देही १२३ रनमै समेटिएको थियो । रसिद खानले ४ विकेट लिए । ललित नारायण राजवंशीले तीन र सहबाव आलमले २ विकेट लिएका थिए ।

टस जितेर व्याटिंग रोजेको काठमाडौं गोल्डेन्सले ओपनर सुशान्त भारी र ए.श्रेष्ठले पहिलो विकेटको लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै उत्कृष्ठ शुरुवात गरेको काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १८७ रनको लक्ष्य दिएको छ ।
धनगढी प्रिमियर लिग क्रिकेट सिजन २ अन्तर्गत आज भएको प्रतिस्पर्धामा कप्तान ज्ञानेन्द्र मल्ललाई २० रनमा खेलिरहँदा पि.एस ऐरीले रनआउट गर्दै पवेलियन तर्फको संकेत गरेपछि इनिंग सन्नी पटेल र नरेश बुढाएरले सम्हालेका थिए । पी थापालाई १४ रनमा मल्ल भन्दा अघि नै गुमाईसकेको थियो । पटेलले ४८ रनको नटआउट खेल्दा बुढाएरले ३० रनमा नटआउटमा रहे ।

चार विकेटको क्षतिमा विशाल लक्ष्य दिने क्रममा पटेलले १९ बलमा पाँच चौका र तीन छक्का हिर्काए । बुढाएरले पनि १८ बलमा दुई चौका र दुई छक्का हाने । अन्तिम दुई बलमा दुई रनमात्रै जोडेका थिए । सुफ्यान मेहमुद, ए.एस राउटेला र बी.के भुषालले एक एक विकेट लिएका थिए । file pic