
पोखरा(खेलाडी न्युज)—आजदेखि पोखरा रंगशाला बास्केटल कोर्टमा ह्वीलचियर बास्केटकल प्रतियोगिता शुरु भएको छ ।
उदघाटन खेलमा पोखराले नेपालगन्जलाई १८—० स्कोरमा पराजित गर्दै सेमिफाईनलको सम्भावना प्रबल बनाएको छ । यसैगरी दोस्रो खेलमा जावलाखेल ह्वीलचियर स्पोर्टस क्लबले स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसनलाई ३६—१९ को स्कोरमा पराजित गरेको छ ।
अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीपनपद्धति केन्द्र पोखराको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा नेपाल आर्मी, जवलाखेल ह्वीलचियर स्पोर्टस क्लब, स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसन, ह्वलीचिर स्पोर्टस एशोसियसन, नेपालगन्ज ह्वीलचियर खेलकुद संघ र आयोजक पोखराको टिमको सहभागिता रहेको छ ।
गोर्खा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको विजेताले नगद ४० हजार, उपविजेताले २५हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छ । उत्कृष्ठ खेलाडी र सर्वाधिक बास्केट(स्कोरिङ गर्ने ) गर्ने खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।
डिडा नेपाल, कास्की जिल्ला बास्केटबल संघको समन्वय र सहयोग गरेको छ । खेल लिगको आधारमा खेलाईएको छ । पोखरा रंगशालास्थित बास्केटलबल कोर्टमा आयोजना हुने प्रतियोगितालाई लुम्बिनी विकास बैंक, राष्ट्रिय खेलकुद परिषद, माछापुच्छ«े बैंक लगायत विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…