
पोखरा(खेलाडी न्युज)—तनहुँबाट पोखराको टुडिखेलको धुलाम्मे मैदानमा सहभागिता जनाएको एसवाईसिले दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपमा दोस्रो चरण यात्रा तय गर्यो । एस वाई सि तनहुले बिटी जुनियरलाई ४–१ गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रवेश गर्न सफल बनाउँदै बलियो उपस्थिति जनाउने संकेत देखायो । भोलि बुधबारबाट दोस्रो चरणका खेलहरु खेलाईने छ ।
बुद्धटोल युवा क्लवको आयोजनामा सञ्चालन भइरहेको बिटी कपमा भिमकाली युवा क्लवले नदीपुर फुटवल क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल भयो । शितल ज्योती फुटवल क्लवले स्वस्तिक नेपाल फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो । तेश्रो खेलमा पोखरा स्पोर्टसले रञ्जन मेमोरियल १६ लाई २–० गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रवेश गर्यो ।
लेकसाइड फुटवल क्लवले ढुंगेपाटन फुटवल क्लवलाई २–१ गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रवेश ग¥यो । पांचौ खेलमा छैठौ खेलमा सविन मेमोरियलले हेम्जा ११ लाई १–० गोल अन्तरले पराजित ग¥यो । संगम फुटवल क्लवले पिटी युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश ग¥यो । शुक्लागण्डकी भ्याली फुटवल क्लवले लम्जुङ फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल भयो भने अन्तिम खेलमा दिप युनाइटेडले मिरुवालाई ४–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश ग¥यो । दोश्रो चरणको खेल अन्तर्गत बुधवार ८ वटा खेल हुने आयोजकले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…