
एजेन्सी – क्रिष्टियानो रोनाल्डो फेरी एकपटक उत्कृष्ठ लयमा देखिदाँ च्याम्पियन्स लिगको सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाएको छ । गएराती क्र्वाटरफाईनलमा इटालियन सिरीको शीर्ष स्थानमा रहेको युभेण्ट्सलाई ३-० गोलले पराजित गर्दै रियल मड्रिडले क्लब फुटबलमा आफुलाई अब्बल दर्जामा उभ्याएको यो नजिताले प्रष्ट पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले एक शुन्यको अग्रता लिएको थियो । ३५ औं मिनेटमा टोनी क्रुसले डी बक्स नजिकैबाट प्रहार गरेको शसक्त प्रहार बारमा लाग्दा रियल पहिलो हाफमा दुई शुन्यको अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफमा रियलले थप दुई गोल गर्दा युभेन्टस भने दश खेलाडीमा समेटियो । ६४ औं मिनेटमा रोनाल्डोले ओभरहेड किकमार्फत गोल गरेपछि युभेन्टसमाथिको अग्रता भने दोब्बर बन्न पुग्यो । रोनाल्डोले आकर्षक गोल गर्दा युभेन्टसका समर्थकलेसमेत ताली बजाउँदै उनीप्रति सम्मान प्रकट गरेका थिए । रोनाल्डो च्याम्पियन्स लिगमा लगातार दशौं खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
६६ औं मिनेटमा पाउलो डिबाला दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि दबावमा आएको घरेलु टोली खेलमा फर्कन सकेन् । ७२ औं मिनेटमा रोनाल्डोकै पासमा मार्सेलोले टिमका लागि तेस्रो गोल थपे । इन्जुरी समयमा पोर्चुगल स्ट्राइकरले ह्याट्रिक गर्ने मौका गुमाएका थिए । बुफनको टोलीले पनि गोलका केही अवसर सिर्जना गरेका थिए तर रियलका गोलकिपर नाभास बाधक बने । अब दोस्रो लेगमा रियलले युभेण्ट्सलाई आतिथ्यता गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…