बावरको अर्धशतकीय पारीमा विराटनगरको पहिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २१ गते २०७४ मा प्रकाशित


धनगढी(खेलाडी न्युज)हङकङी कप्तान बावर हायातको अर्धशतीय पारीमा विरानगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई . ४२ रनले पराजित गर्दैै पहिलो जित आत्मसात गरेको छ । धनगढी प्रिमियर लिग २, टी- २० मा आज भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको विराटनगरले ओपनर दिलिप नाथको उत्कृष्ठ शुरुवात रह्यो । उनले ३७ बलमा ४३ रन हिर्काउँदै मैदान छाड्दा छ चौका र एक छक्काको इनिङ्समा लेखियो ।

ए.के साह २५ बलमा ३६ रन बनाए । उनी सागर पुनको बलमा विदेशी खेलाडी राउटेलाको हातबाट क्याच भए । चार विकेटको क्षतिमा विराटनगरले १८१ बनाउँदै फराकिलो रनको लक्ष्य प्रस्तुत गरेको थियो । बावर हायात पनि सुफान मेहमुदको बलमा आउट हुनु अघि ५८ रनको स्कोरिङमा खेलिरहेका थिए । ३५ बल मात्रै खेलेका उनले चार चौका र चारै छक्का उनको व्याटबाट निस्कियो ।

उनी पनि राउटेलाकै हातमा बल पुग्दै क्याचको शिकार भए । एस. खनालले नटआउट १७ रन हिर्काउँदा विराटनगरका कप्तान पारस खड्का पनि जितेन्द्र मुखियाको बलिङमा सागर पुनको हातबाट क्याच हुदै क्रिज छोडन विवश भए । उनली १२ बलमा २२ रनमा खेल्ने क्रममा तीन चौका र एक छक्का हिर्काइसकेका थिए । सुफ्यान मेहमुदले दुई, सागर पुन र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।

१८२ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले शुरुवात निकै राम्रो गर्यो । तर मध्यक्रमका व्याट्सम्यान धर्मराएपछि जितसम्मको लक्ष्य धेरै टाढा देखियो । १३९ रनमै समेटिदाँ केवल सात विकेट मात्रै गुमाएको थियो । तर ओभरको समाप्तीले लक्ष्य हासिल गर्न भने असमर्थ रह्यो । प्रदीपसिंह ऐरीले ५४ रनको पारी खेल्दै ओपनिङ उत्कृष्ठ बनाए ।

तर सागर पुन पहिलो विकेटको रुपमा ५ रनमै क्रिजबाट बाहिरिए । उनी बावर हायातको हातबाट क्याचआउट भएका थिए । कुशल मल्लले पनि ६ रनमै पवेलियनको बाटो समाएपछि दबावमा रहेको रुपन्देही च्यालेन्जर्सले अर्को झट्का व्यहोर्यो । सुफ्यान मेहमुदलाई दुई रनमै गुमाएपछि सम्हलिन कठिनाई देखियो । दिपक प्रसादले २२ रन जोडे ।

त्यसपछि ए.स राउटेला र बी.के भुषाल ४ र ३ रनमा पवेलियन तर्फ लम्किएपछि कप्तान शक्ति गौचनले १४ रन नटआउट खेले । शुसान्त भारी भने २१ रनमा नटआउट रहे । तर २० ओभर भने पुरा हुन पुग्यो । एस कामतले ३ विकेट लिदाँ आर.गिरीले २ विकेट लिए । म्यान अफ दि म्याच विराटनगरका बाबर हायात घोषित भए ।