
काठमाडौं, (खेलाडी न्युज) -डेकाथलनका पूर्व राष्ट्रिय खेलाडी एवं हाइजम्पका पूर्व राष्ट्रिय च्याम्पियन निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नेपाल ट्रायथलन संघ केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरिएको छ । नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए ।
उपाध्यक्षमा दीपक कोइराला, महासचिव वाइ सुनुवार, सचिवमा ललित लामा तथा कोषाध्यक्षमा रविन्द्र थापा चुनिए । अकलबहादुर थापा, रेणुकादेवी सिटौला, रचना सिंह, मदेलाल भण्डारी, रितामैया प्रजापति, अनुकुल लेप्चा र मिना चदरा सदस्यमा चयन भए ।
संघले अघिल्लो कार्यसमितिका अध्यक्ष गणेशमान पुनलाई मानार्थ अध्यक्षमा चयन गरेको छ । त्यस्तै धनेश्वर प्रजापति, दामोदर अर्याल, आनन्द लेप्चा, सुमन देवकोटा, प्रकाश बराल र सुनील रोकालाई सदस्यमा मनोनित गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
पदाधिकारीहरुलाई नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले प्रमाण पत्र वितरण गरे भने राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले शपथ ग्रहण गराए । केन्द्र र जिल्लाबाट ४२ प्रतिनिधि सहभागी साधारणसभाको राखेपका उपाध्यक्ष एवं एनओसीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…