
धनगढी(खेलाडी न्युज) -धनगढीमा चलरहेको धनगढी प्रिमियर लिग २ टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेल पानीले स्थगित हुने सम्भावना बढेको छ । पहिलो खेल पानीले स्थगित भएको छ । काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेड बीचको खेल स्थगित भएको हो । आजको दोस्रो खेल विराटनगर किंग्स र सिवाईसी अत्तरिया बीच हुने भनिएको खेलपनि पानीले ढिला भएको छ । यद्यपी खेल हुने सम्भावना न्युन हुदैं गएको छ ।
मैदानमा पानी परेर हिलो भएपछि खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको आयोजकले जनाएको छ । अम्पायरले मैदान निरीक्षण गरेपछि मात्र खेल कतिबेला सुरु हुने भन्ने तय हुनेछ । काठमाडौं यसअघि नै प्लेअफमा पुगिसकेको छ भने यो खेल जिते अत्तरिया पनि प्लेअफमा पुग्नेछ । आइतबार खेल हुन नसके दुवै टिमले एक एक अंक पाउनेछन् । अत्तरिया एक अंकले पनि प्लेअफमा पुग्नेछ । विराटनगर किंग्स र सीवाईसी अत्तरिया खेल्नेछन् । यो खेलको विजेता प्रतियोगिताको प्लेअफमा पुग्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…