
पोखरा(खेलाडी न्युज)- लालिगुरास य्ुबा क्लब पोखरा द्वारा पोखराको अमरसिंह खेल मैदानमा दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाली सेनाको पश्चिम पृतनाको टोली भीमकालिन पाटन युवा क्लबसँग टाइब्रेकरमा पराजित हुन पुग्यो । टाईब्रकेरमा आर्मी ५—४ गोलमा पराजित हुदैं सेभेन ए साईड फुटबल प्रतियोगिताबाट बिदा लियो ।
प्रतियोगितामा आदर्श युबा क्लबले टाउन फुटबल क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको छ । कमलपोखरीले काजिपोखरी युबा क्लब ए टिमलाई पेनाल्टी सुटमै ५–४ गोल अन्तरमा मा पाखा लगायो । लेकसाइड युबा क्लबले भद्रकालीलाई २–० गोलले, काजीपोखरीले मिलन टोल युबा क्लबलाई १–० गोलले, स्याङ्गजा वालिङको चैट चैट चैटले जङलैण्ड युबा क्बलबलाई २–० गोलले र शितलज्योतीले माइपोखरा क्लबलाई १–० गोल अन्तरले पराजित गरेका थिए ।
बैशाख १ गते सम्म अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन ।
संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…