
काठमाडौं (खेलाडी न्युज) अखिल नेपाल फुटबल संघको टुंगो लागेको छैन् । ललितपुर उच्च अदालतमा उजुरी परेपछि चैत १४ गते हुने भनिएको अधिवेशन स्थगित हुन पुग्यो । मकवानपुर र भक्तपुर फुटबल संघको चुनाव टुंगिएको छ । तर पनि केन्द्रीय अधिवेशनको टुंगो लाग्न सकेको छैन् । केन्द्रीय अधिवशेनको टुंगो नलाग्दा फुटबल क्लबहरु चिन्तत बन्न थालेका छन् । फुटबल लिग नहुनेमा शंका व्यक्त गर्दै छिटो अधिवशेन टुग्याउँदै फुटबलको गतिलाई अगाडि बढाउनुपर्ने आवाज उठेको छ ।
अधिवशेन नहुदाँ फुटबलको सर्वोच्च निकाय फिफाले कारवाही गर्ने चेतावनी दिईसकेको छ । कारवाही गरे फिफाबाट आउने बजेट रोकिन्छ । फुटबलको अवस्थामा पुरानै ढर्रामा जान्छ । त्यसैले पनि फुटबलको अधिवेशन गर्दै लिग हुने बातावरण सृजना गर्न क्लबहरुले दबाव दिएका छन् । उनीहरुले आज पत्रकार सम्मेलन मार्फत चुनाव छिटो गर्न मिति घोषणा गर्नआग्रह गरेका छन् ।
चुनाव नहुने र लिग पनि नहुने अवस्था सृजना भए खेलाडी फेरी बेरोजगारी बन्ने फुटबल क्लब समन्वय समितिका पदाधिकारीको भनाई थियो । लिग र एन्फाका कार्यक्रम नहुने हो भने क्लबहले खेलाडीसँग सम्झौता गर्नु औचित्यहीन हुने समितिको ठहर छ । उसले भनेको छ, क्लबहरुले किन टिम बनाउने र खेल नै हुँदैन भने खेलाडी किन राख्ने रु प्रशिक्षक किन नियुक्त गर्ने भन्ने प्रश्नहरु जन्मिएका छन्, जसको उचित जवाफ छैन ।’ समितिले आगामी जेठबाट खेलाडी, प्रशिक्षक र रेफ्रीहरु बेरोजगार बन्ने अवस्था आउनेतर्फ समेत गराएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…