
एजेन्सी—दोस्रो लेगमा पुनरागमन गर्दै युभेण्ट्सले रियल मड्रिडलाई पराजित गरेपनि एक गोलको सामना गरेपछि अन्तत युभेण्ट्स च्याम्पियन्स लिगबाट बिदा लिएको छ । रियलकै घरेलु मैदानमा युभेण्ट्सले उस्तै नजितामा पराजित गर्दै आत्मविश्वास देखिएपछि खेल सकिन दुईमिनेट अघिमात्रै पाएको पेनाल्टीले रियललाई च्याम्पियन्स लिगको सेमिफाईनल ढुक्क बनायो ।
सम्भावित हारको संघारमा रहेको रियललाई क्रिष्टियानो रोनाल्डोले इन्जुरी सयममा (९०+७) मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई जीवनदान दिए । युभेण्ट्सले रियलमाथि दोस्रो लेगमा ३—१ गोलले पराजित गर्दा गोलकिपर जिअनलुगी बुफेनले रातो कार्ड खाए । रातो कार्ड (९०+३)मा खाँदै बाहिरिएपछि दश खेलाडीमा सीमित युभेण्ट्सले दुःखद अन्त्य गर्यो । समग्रमा ४—३ गोलसँगै रियलले चयाम्पियन्स लिगको अन्तिम चारको यात्रा तय गर्यो ।
दोस्रो मिनेटमा मारियो मान्डुज्कीचले गोल गर्दै युभेण्ट्सलाई दिलाएको अग्रतालाई उनलै ३७ औं मिनेटमा दोब्बर बनाए । ब्लेज माटुईडीले ६० औं मिनेटमा अर्को गोल थपेपछि रियल सम्भावित हारको संघारमा पुगिसकेको थियो । हिजोको खेलमा अतिरिक्त समय पनि ९ मिनेट थपिएको थियो । अतिरिक्त समय थपिएको अत्याधिक नै हो । (९०+३) मिनेटमा मेद्ही बेनटियाले डिबक्सभित्र रियलका लुकास भाज्क्वेजलाई फउल हिर्काएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।
पेनाल्टी पाएपछि केही समय विवाद हुन पुग्यो । रेफ्रीसँग विवादमा उत्रिएपछि बुफेनले रातो कार्डको दर्शन गरे ।
घरेलु मैदानमा रियल निरिह बन्यो । तथापी भाग्यले भने अन्तिम समयमा आएर साथ पायो । पेनाल्टीले रियलको इज्जत जोगियो । खेल पनि निकै आक्रामक रह्यो । रियलका चार खेलाडीले पहेलो कार्ड खाए । युभेण्ट्सका पाँच र एक रातो कार्डको सामना गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…