
धनगढी(खेलाडी न्युज)–सुवोध भाटीको १७ बलमा ५२ रनको महत्वपूर्ण पारी खेलेपछि महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौं गोल्डेन्स डिपिएलको फाईनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि काठमाडौं गोल्डेन्सले धनगढी टिम चौराहासित खेल्ने छ । धनगढीले काठमाडौंलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल शुक्रबार हुनेछ ।
ब्याटिङमा सुवोध भाटी र बलिङमा सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग डिपिएल– २ को फाइनल सुरक्षित बनायो । महेन्द्रनगरले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित लक्ष्य १८ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । काठमाडौंका लागि सुवोध भाटीले उत्कृष्ट ब्याटिङ गरे । भाटी ५२ रनमा आउट भए । २९ बल खेलेका भाटीले ५ छक्का र ४ चौका प्रहार गरे ।
यस्तै भाटी प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । भाटीले १७ बलमा ५२ रन बनाउदै प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । यो भन्दा अघि विराटनगर किङ्सका बाबर हायतले रुपन्देही च्यालेन्जर्सविरुद्ध २८ बलमा ५३ रन बनाउदै छिटो अर्धशतक पूरा गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए । यस्तै काठमाडौंका अमित श्रेष्ठ २६ रनमा आउट भए । भुपेन्द्र थापा १५ रनमा आउट भए । नरेश बुढाऐर ७ तथा सन्नी पटेल ५ रनमा अविजित रहे ।
महेन्द्रनगरका पुनित मेहराले २ तथा भुवन कार्की, रोविन क्षेत्री र पुनित विष्टले समान १ विकेट लिए । यसअघि संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा बिहिबार टस हारेर पलिे ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पार्यो । खराव शुरुवात गरेको महेन्द्रनगर युनाइटेडले १० रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाएको थियो । तर, क्रिजमा रहेका पुनित मेहरा र आसिफ शेखले सातौ विकेटको लागि ८५ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।
आसिफ शेख ४३ रनमा आउट भए । ३९ बल खेलेका आसिफले १ छक्का र ४ चौका प्रहार गरे । पुनित मेहरा ५८ रनमा आउट रहे । ४२ बल खेलेका पुनितले ४ छक्का र ४ छक्का प्रहार गरे । १२ बलमा करण २ छक्काको मद्दतमा २१ रन बनाएर आउट भए । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको काठमाडौंका सन्नी पटेल एक्लैले ६ विकेट लिए । आफ्नो स्पेलको ४ ओभरमा सन्नीले उत्कृष्ट बलिङको नमुना पेश गर्दै ६ विकेट लिएका उनी म्यान अफ दि म्याच घोषित भए । सन्नीले ४ ओभरमा १० रन खर्चदै १ मेडनसहित महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिएका थिए । pic by hamrokhelkud.com


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…