
पोखरा(खेलाडी न्युज)- बैशाख अन्तिम साता पोखरामा वडास्तरीय मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिवल संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा वैशाख २६ देखि २९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने संघका अध्यक्ष भिम पराजुलीले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघको समन्वय र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समितिको बिशेष सहयोगमा संचालन हुने प्रतियोगितामा करिब ३० वडाको सहभागिता हुने अध्यक्ष पराजुलीले बताए । भलिवल खेलको विकास गरी खेलाडी उत्पादन गर्ने उद्धेश्यले आफुहरुको पहिलो प्रयास रहेको उनले जनाए ।
उनले भने “ यो प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरु हामीले महानगरपालिकाको एउटा भलिवल टिमकै रुपमा खेलाडीहरु समेत छनौट गर्ने छौं, वडामा राष्ट्रिय तथा अन्तराष्ट्रिय जति खेलाडीहरु भए पनि सहभागि हुन पाउनेछन। ”
प्रतियोगितामा विजेताले एक लाख रुपैया साथमा शिल्ड, मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएको संघका सचिव कुमार गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा उपविजेतालाई ५० हजार, तेश्रो हुनेलाई २५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट सर्भरलाई जनहि ३÷३ हजार पुरस्कार प्रदान गरिने संघले जनाएको छ। चार दिनसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ३० हजार रुपैया खर्च हुने र सो प्रतियोगिताबाट ९ लाख १५ हजार आम्दानी गर्ने लक्ष्य राखिएको सचिव गुरुङले जनाए ।
पोखरा लेखनाथ महानगरपालिकामा रहेका ३३ वटै वडाहरुको सम्बन्ध सुमधुर पार्न, जनप्रतिनिधिहरुलाई खेलकुदको महत्व बुझाउन पनि प्रतियोगिताले थप सहयोग पुग्ने संघका अध्यक्ष पराजुलीले जनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…